काठमाडौं ।आज शुक्रबार सुनको मुल्य घटेर चाँदिको मुल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । यो मूल्य सुनको रेकर्ड मूल्यबाट केही तल झरेको हो ।