सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन 

जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन 

1725
Shares
जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन 

काभ्रे । व्यापारीक सम्बन्ध सुढृड बनाउने उद्देश्य सहित जापनिज उद्यमीद्वारा बनेपाका उद्योग तथा फार्मको अवलोकन गरिएको छ ।

जापानको ख्यातिप्राप्त निर्माण कम्पनी, खाद्य उत्पादन कम्पनी, शैक्षिक क्षेत्र, पर्यटनलगायतका क्षेत्रका उद्यमी तथा व्यवसायीहरुलाई बनेपाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला चापागाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारीहरुले स्वागत गरेका थिए । 

उद्यमीहरुले मंगलबार बनेपाका विभिन्न स्थानमा रहेका उद्योग तथा फार्महरुको अवलोकन गरेका हुन् । 

नेपाल र जापन बीचको व्यापारिक सम्बन्धलाई बिस्तार गर्नका लागि जापनिज उद्यमी तथा व्यवसायीहरुले बनेपाका विभिन्न उद्योग तथा फार्महरुमा अवलोकन तथा अध्ययन गरेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।

२ महिनाअघि बनेपाका जनप्रतिनिधिहरुले जापनको गोछु सहर भम्रण गरेका थिए । त्यहाँ रहेको विभिन्न औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको थियो ।

1725
Shares

ट्रेन्डिङ