काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले सुत्केरी बेथाले गाह्रो भएकी महिलालाई काँधमा बोकेर अस्पताल लैजादै गरेका छन्।
वडा नम्बर ६ निवासी २५ वर्षीया सजिना गोले भाद्र १ गते प्रसूति सेवाका लागि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी थिइन्। तर अन्तिम मिति सकिएर पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेटौडा हुँदै अस्पताल लैजाने निर्णय गरिएको अध्यक्ष थिङ (छिन्ताङ)ले जानकारी दिनु भयो ।
गोलेलाई गाडीसम्म पुर्याउन गाउँलेसँगै आफैंले काँधमा बोकेर लैजानु परेको अध्यक्षले बताउनु भयो । यसबीच, राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरुमा आवेदन नपरेको र पछि पटक–पटक पहल गर्दा पनि केन्द्र सरकारले थप स्वीकृति नदिँदा खानीखोला क्षेत्रका बासिन्दाले आधारभूत स्वास्थ्य सेवा र सुरक्षित मातृत्वमा कठिनाइ व्यहोर्दै आएका छन्।

स्थानीयहरूले अध्यक्षको पहललाई सराहना गर्दै सरकारले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार र आपतकालीन सेवा विस्तार गर्न जोड दिएका छन्। रास्ट्रपति सुत्केरी उद्दार कार्यक्रम नहुनाले सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टरबाट उद्दर गर्न नमिल्ने भएकाले अध्यक्षले आफ्नै गाडीबाट हेटौंडा हुँदै काठमाडौ ल्याउन लागेको थिङको भनाई छ ।
बर्खा समयमा ६ महिना सम्म सवारी आवगमन हुन सक्दैन ।सोही कारण र रास्ट्रपति महिला उद्दार कार्यक्रममा समेत खानिखोला गाउँपालिकामा सुचीमा नपर्दा सुत्केरी महिला समेत उद्दार हुन नसकेको हो ।