नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म चल्ने भएको छ । यो मेला पौष १४ गतेदेखि शुरु भएको हो । यस अवधिमा लाखौ उपभोक्ताले अभिरुची पुर्वक अवलोकन गरेका छन् भने हजारौ जोर जुत्ता चप्पल खरिद गरेको आयोजको दाबी छ ।
बिग सेल मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको भिड लागेको हो । कम्पनीहरुले यस सिजनमा बनाइएको नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु बिग सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा १५ प्रतिशत देखि ७५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ ।
मेलामा रु. १५० देखि रु. १० हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ ।
नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिका बिग सेल मेलामा आउनु भएका उपभोक्ताहरुनै यस मेलामा दोहोरिदै आएको पाएका छौ । ती सन्तुष्ट आम उपभोक्ताहरुको चर्चा र नेपाली ब्राण्ड प्रतिको अगाध बिश्वासको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ ।
मेलाको अन्त्यतिर धेरै भिडभाड हुने हुँदा सकेसम्म केहि दिन अगावै उपभाक्ताहरु मेलामा आउँदा छानी छानी विभिन्न कम्पनीका ब्राण्डहरु अवलोकन एवं खरिद गर्न सकिने हुँदा अन्तिम दिन नकुर्न आयोजकले उपभोक्ता माझ अपिल गरेको छ ।
यस वर्षको मेलामा विगतका वर्षहरुमा भन्दा अझ बढि अवलोकनकर्ताहरु आउनुभएकोले ति सन्तुष्ट ग्राहकहरुको नेपाली जुत्ता प्रतिको अगाढ माया र विश्वासलाई पुजीको रुपमा लिदै आगामी दिनमा नयाँ नयाँ डिजाइन र गुणस्तर उत्पादनका लागी थप उजा प्राप्त गरेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताउनुभयो ।
नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिएको छ ।
शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सफ्ट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि गर्ने मेला आयोजकको रहेको छ ।
कोही नझुक्किउन् र नठगीउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको र नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय नाचघर जमल स्थित मुख्य सोरुम सहित आफ्नो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले आफ्नो सेवा बिस्तार गर्ने क्रममा महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी र बुद्धमल बालाजुमा गरी ४ वटा बिक्री कक्ष सञ्चालन गर्दै जानकारी दिएको छ । बिग सेलको यो योजना नेपाली जुत्ता घरका सबै बिक्रि कक्षहरुमा समेत उपलब्ध गराईएको छ ।