सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • गिरीको दादागिरी कहिले सम्म ?

गिरीको दादागिरी कहिले सम्म ?

6370
Shares
गिरीको दादागिरी कहिले सम्म ?

भूपेन्द्र आचार्य
दिपकराज गिरी चर्चित कलाकार हुन तर उनीकै कारण कसैको ज्यान गएको छ । विगत केही वर्ष देखि गिरीको दादागिरी नेपाली चलचित्र क्षेत्रमा एकछराज देखिदै आएको छ । नेपाली हास्यकलाकारहरु अभिनित नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ले निकै चर्चा परिचर्चा पायो ।
यस चलचित्रले गर्दा नेपालीहरुले पनि एकटक बलिउड सिनेजगतमा हुने गरेको घटनाहरुलाई नेपाली चलचित्र कलिउडमा पनि महसुस गर्ने अवसर पाए । यस फिल्मले जति चर्चा पायो त्यति नै झमेमा फसेको छ । यस फिल्मको पाइरेसीमा संलग्न नवलपरासी–८ का कृष्ण सुवेदी सहित चार जना भनिएकाहरुलाई समाचार आउनु पुर्व नै प्रहरी पक्राउ गरेपनि चलचित्रका निर्माण टिमकै आग्रहमा उनीहरुलाई तारेखमा छाडिएको थियो ।
पाइरेसिमा संलग्न भनिएका कृष्ण सुवेदी लगायतको टिमले संयुक्त रुपमानै उक्त चलचित्र गुगल ड्राइभको सहारामा इन्टरनेटबाट नेपालदेखि अष्ट्रेलियामा सो चलचित्र पठाएका जानकारीमा आएको छ । तर यस विषयमा प्रहरी र निर्माण टिम दुवै पक्ष खुलेर बोल्न भने चाहेका छैनन् ।
गुगल ड्राइभबाट पठाइएको उक्त चलचित्र मिडिया तथा सामाजिक सञ्जालमा भाइरल नै भए । समाचार र यसको कानुनी कारबाहिको बारेमा मानसिक तनाबका अन्ततः आत्महत्या गरेको भनिएको २३ वर्षे कृष्ण सुवेदी काठमाडौंको चावहिल विजय चोक स्थित आफ्नै कोठामा सिलङ्ग फ्यानमा गलबन्धीको पासो लगाई आत्महत्य गरेको गौलाशा प्रहरी वृत्तले बताएको थियो ।
उनको कोठामा भेटिएको सुसाइट नोटमा लेखिएको छ । यो मेरो मृत्यु होइन हत्या भएको हो । एक हप्ता जति अघिबाट ज्यान मार्न धम्की आइराखेको थियो । आमा, बुबा, दाई, दिदी मलाई माफ गर्दिनु । बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैया आमालाई दिनु होला । यस्तै हुन्छ कि भनेर यो नोट पहिला नै लेखेको थिए । भनेर उनले एटिएमको कोट नं. समेत उल्लेख गरेका थिए उक्त पत्रमा ।
साथै चलचित्र पाइरेसी गर्नेलाई छार्डिन भन्दै दीपक राज गिरी सामाजिक सञ्जालमा स्टाटस पोष्ट पनि गरेका थिए । उनको मृत्यु लगत्तै पुर्नः समाजिक सञ्जालमा स्टाटस लेखि दुख प्रकट पनि गरे गिरीले । यस प्रकारको कार्यले दीपकराज गिरीलाई ठूलो समस्या पर्ने भएको छ ।
चलचित्र ६ एकान ६ मा पनि पाइरेसी खेपेका गिरिले यस चलचित्रमा यस्तो होला भन्ने सोचेका थिएनन् होला । यदि सोचेको भए । समाजिक सञ्जाल जुन केही समयमै विश्वभर फैलने सञ्चार माध्याम त्यस प्रकारको अभिव्यक्तिहरु दिने थिएनन् । यस प्रकरणले उनलाई सजाय पनि हुन सक्नेछ ।
सुवेदीको शव पोष्टमार्टम गरी नवलपरासी लगि सकिएको छ । भने उनको मृत्यु भएको हो वा हत्या भयो यो विषय अझै उल्झनको विषय बनेको छ । मृतको नोटका अनुसार छक्कापजा निर्माण टिम उनको मृत्युमा संलग्न भएको संका गरिएता पनि निर्माण टिमले भने उक्त आरोपको कडा आलोचना गरेको छ ।
‘छक्का पञ्जा’ पाइरेसी पछि डिजिटल अधिकार प्राप्त गरेको मुम्जिक कम्पनि हाइलाइट्स नेपालले फिल्मलाई समाजिक सञ्जाल युट्युवमा राखिसकेको छ । भनिन्छ पानी उम्लेपछि पोखिन्छ यस्तै भएको छ दिपकको जीवनमा पनि के हो मृत्युको सत्य तथ्य जनता सामु आउनु पर्दछ । जनताको ज्यान लिने अधिकार कसैलाई पनि छैन । पैसा कमाएपछि हाँस्य क्षेत्रका डन भन्ने गिरीको कुरा के हो छानविन हुन जरुरी छ । नभए नेपाली चलचित्र जगतले आउँदो दिनमा ठूलो क्षती भोग्नु पर्ने देखिन्छ । आर्थिक बजार मासिक

6370
Shares

ट्रेन्डिङ