सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा ?

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा ?

1865
Shares
आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौं, माघ ३ : देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको छ ।

तराई भू-भागमा भने अहिले हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आज दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाको नियमित बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

1865
Shares

ट्रेन्डिङ