सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

1665
Shares
जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

जनकपुर | जनकपुरस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ।

सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको खुसीयालीमा दिपोत्सव मनाइएको हो। हजारौं दर्शनार्थीले जानकी मन्दिर भरिभराउ बनेको थियो। यहाँ घर-घरमा दीप बालेर खुसी मनाइँदै छ। जानकी मन्दिरको प्रांगण रंगोली, दीप र फूलले सजाइएको छ।

जनकपुरभर भगवा रंगको जय श्रीराम उल्लेखित भगवा रंगको झण्डा लगाइएको हो। बिहानैदेखि दिनभर जनकपुरमा बाजागाजासहित नाचगान गर्दै धार्मिक र्‍याली निकालिएको थियो। यहाँका मठ मन्दिरमा भजन कीर्तन गरियो।

जनकपुरमा दिनभर रामधुन गुन्जिएको थियो। अयोध्यामा प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा धनुषाको सहिदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकन्दनी गाउँपालिकामा सार्वजनिक बिदा समेत दिइएको छ।

1665
Shares

ट्रेन्डिङ