सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अब धुलिखेलका स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क नलाग्ने

अब धुलिखेलका स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क नलाग्ने

9165
Shares
अब धुलिखेलका स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क नलाग्ने

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिकाले धुलिखेल क्याम्पस र सञ्जिवनी नमुना क्याम्पसमा स्नातक तहमा पढ्ने धुलिखेलका सबै विद्यार्थिलाई कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । सातौँ नगरसभाले नगरपालिका भित्रका १२ वटै वडाबाट यी दुई क्याम्पसमा स्नातक पढ्ने विद्यार्थीलाई कुनै पनि शुल्न नलिने निर्णय गरेको हो ।

नगरसभाले नगरपालिका भन्दा बाहिराबाट आएर यी दुई क्याम्पसमा पढ्ने विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । नगरसभाले पारित गरेको निर्णय चालु शैक्षिक शत्रबाटै कार्यान्वयनमा आउनेछ ।

स्वस्थ प्रतिसपर्धा गरेर राम्रो अंक ल्याउनेलाई यो बाहेक अन्य छात्रावृत्तिको व्यवस्था गरिएको धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पुर्याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको विकास गर्ने उद्देश्यले शिक्षामा नयाँ कार्यक्रम नगरपालिकाले विशेष महत्वका साथ सञ्चालन गरेको हो ।

9165
Shares

ट्रेन्डिङ