सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • घरघरमा गई उपचार गर्नका लागि जापानले दियो ‘घुम्ती क्लिनिक’

घरघरमा गई उपचार गर्नका लागि जापानले दियो ‘घुम्ती क्लिनिक’

3990
Shares
घरघरमा गई उपचार गर्नका लागि जापानले दियो ‘घुम्ती क्लिनिक’

मंसिर २७,जापान सरकारले फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न घुम्ती ‘क्लिनिक’ प्रदान गरेको छ।नेपालका लागि जापानका राजदुत मासाशी ओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले एक समारोहबीच घुम्ती क्लिनिक सहयोग सम्वन्धी सम्झौतामा हस्ताक्षर गरे। जापान सरकारले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टअन्तर्गत यसपटक मोबाईल कार नेपाललाई उपहार स्वरुप प्रदान गरेको हो। सो कारलाई घुम्ती क्लिनिकका रुपमा प्रयोग गर्ने तथा घरघरमा गई उपचार गरिने अस्पतालले जनाएको छ।
करिब ६५ लाख मुल्य बराबरको उक्त मोबाईल क्लिनिकले तराई क्षेत्रका जनतालाई उनीहरुकै घरदैलोमा स्वास्थ्यउपचार सेवा प्रदान गर्न सहयोग पुग्ने राजदुत ओगावाले बताए।स्वास्थ्यकर्मीसहित उक्त मोबाईल क्लिनिक विभिन्न गाउँहरुमा नियमित रुपमा गई स्वास्थ्य उपचारमा संलग्न हुने भएकोले सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका जनताले प्रत्यक्ष लाभ पाउने अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष महतोले भने ‘जसलाई अस्पतालसम्म उपचारका लागि आउन गाह्रो हुन्छ मोबाइल क्लिनिक बरदान सावित हुनेछ।’
गाउँमा सामान्य स्वास्थ्यकर्मीहरुको अभावमा आफ्नो आमाको निधन हुँदाको पीडाले गर्दा आफूलेसुविधा सम्पन्न हस्पिटलको स्थापना गरेको उनले बताए।
टोय फ्याक्ट्री जापानको अवधारणा बमोजिम तयार गरीएको टोयोटा गाडीमा चिकित्सक परामर्श तथाउ पचारका कक्षको ब्यवस्था गरिएको छ। साथै पोर्टेबल एक्सरे एवं ल्याब सहितको सुविधा रहने अस्पतालका प्रमुख प्रशासक विजय रिमालले बताए।विशेषगरी राजमार्गमा हुने दूर्घटनाका घाईतेहरुलाई तत्काल दूर्घटनास्थलमा पुगी उपचारमा संलग्न हुन यो सेवा उपयुक्त हुने उनको भनाइ छ।
-सेतो पाटी बाट

3990
Shares

ट्रेन्डिङ