काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबिच भेटवार्ता भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ दुई नेताबिच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्रीको चीन भ्रमणसहित समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी थिइन् ।