सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

6315
Shares
भिटेनलाई प’क्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं : अ’श्लील शब्द मिसाउँदै र्‍याप गाइरहेका भिटेन ‘समिर घिसिङ’ प’क्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। गीत, संगीतलाई लिएर भिटेनलाई प’क्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनमाथि धरपकड नगर्न भन्दै प्र’हरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी भएको हो।

अ’श्लील शब्द र महिलामाथि अपमानजनक गा’ली गरेको पछिल्लो म्युजिक भिडियोलाई लिएर प्र’हरीले भिटेनको खोजी थालेको थियो। त्यसपछि उनले उक्त गीत युट्युबबाट हटाएका थिए। घिसिङले प्र’हरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउँदै कात्तिक १६ मा उच्च अदालत निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिएका थिए।

6315
Shares

ट्रेन्डिङ