सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर

घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर

1725
Shares
घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर

काठमाडौं | विशेष अदालत काठमाडौंले सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई भ्रष्टाचारी ठहर गरेको छ।

शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो।

घुस लिँदालिँदै पक्राउ परेकी महतलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन्। विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भनावना महतलाई भने सफाइ दिएको छ।

1725
Shares

ट्रेन्डिङ