सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघको हस्ताक्षर अभियान

माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघको हस्ताक्षर अभियान

1410
Shares
माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघको हस्ताक्षर अभियान

पोखरा | संविधानमा उल्लेख भएअनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघले हस्ताक्षर संकलन अभियान चलाएको छ ।

रोजगारमूलक, सीपमूलक शिक्षाको ग्यारेन्स, मौलिक, वैज्ञानिक पाठ्यक्रम लागू र विद्यार्थीलाई निब्र्याजी ऋण प्रवाह गर्नुपर्ने भन्दै पोरखाको पृथ्वीनारायण क्याम्पसमा हस्ताक्षर संकलन गरिएको नेविसंघका केन्द्रीय सदस्य विकास भण्डारीले बताए ।

उनका अनुसार, संविधानमा उल्लेख भए अनुसार स्वास्थ्य समेत निःशुल्क गरियोस् भनेर हस्ताक्षर संकलन गरिएको हो ।

संकलित हस्ताक्षर कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने उनले बताए ।

1410
Shares

ट्रेन्डिङ