सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • गर्भपतन गर्न नमान्दा कुटपिट गरी घरबाट निकालियो

गर्भपतन गर्न नमान्दा कुटपिट गरी घरबाट निकालियो

1585
Shares
गर्भपतन गर्न नमान्दा कुटपिट गरी घरबाट निकालियो

रौतहट | रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरी घरबाट निकालिएको छ।

प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट रोकेका हुन्।

२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवी तेस्रो पटक गर्भवती भएपछि लोग्नेले गर्भ पतन गरेमात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाको गुनासो छ। सन्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान श्रीमान‍्को रहेको दुखेसो गरिन्।

गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रूपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको दाबीसमेत गरेकी छन्।

प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले आफूसँग पटक-पटक १५ लाख रुपैयाँ व्याग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लगेको उनको दाबी छ।

आफूमाथि अन्याय भएको भन्दै महिलाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन्।

1585
Shares

ट्रेन्डिङ