सबैको समाचार
आइतवार, भदौ २८, २०८३

८० वर्षमा नागरिकता

5895
Shares
८० वर्षमा नागरिकता

बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द शुक्रबार खुब खुशी भेटिइन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन ।
नागरिकता नभएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी चन्दले नागरिकता प्राप्त गरेसँगै नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता पनि पाउने भएकी छिन्।
चन्दजस्तै आम्चोरा ८ की रुक्मा चन्दले पनि ७८ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । ‘गाउँमै शिविर आयो सदरमुकाम जान सक्ने थिइनँ,’ उनले भनिन्, ‘नेपाली नागरिकता प्राप्तिसँगै अब सामाजिक सुरक्षा भत्ता पाउने भएँ ।’
उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन ।’ चन्दले द्रोपतीका छोरा रमेशबहादुर चन्द शिविरमा आमालाई लिएर नागरिकता बनाउन पुगेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

5895
Shares

ट्रेन्डिङ