सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • बागमतीमा विकासमा भन्दा तलबभत्तामा धेरै खर्च

बागमतीमा विकासमा भन्दा तलबभत्तामा धेरै खर्च

1695
Shares
बागमतीमा विकासमा भन्दा तलबभत्तामा धेरै खर्च

 हेटौंडा । चालु आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा बागमती प्रदेश सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ ।

 ६ महिनामा प्रदेश सरकारको पुँजीगत अर्थात् विकास बजेट खर्च १३ प्रतिशत मात्रै छ । तलबभत्ता र कार्यालय व्यवस्थापनमा भने विकास खर्चको तुलनामा झण्डै दोब्बर खर्च भएको छ ।

बागमती प्रदेशले ६२.७० अर्बको बजेटमा चालुतर्फ २६.०७ अर्ब र पुँजीगततर्फ २१.६६ अर्ब बजेट विनियोजन गरेको थियो । तर, विकास बजेट खर्चमा बागमती सुरुवाती वर्ष अर्थात् २०७५/७६ देखि नै कमजोर छ ।

चालु आवको अर्धवाषिर्क रिपोर्टअनुसार सरकारले २६ अर्ब ४५ करोड रुपैयाँ अर्थात २२.६७ प्रतिशत चालु खर्च गरेको छ । त्यस्तै पुँजीगत खर्च ३५ अर्ब ७६ करोड रुपैयाँ अर्थात १३ प्रतिशत गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आम्दानी भने वाषिर्क लक्ष्यको ३१ दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आवमा कूल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य भए पनि १९ अर्ब ८२ करोड ४० लाख ७४ हजार रुपैयाँ अर्थात लक्ष्यको ३१.६१ प्रतिशत आम्दानी गरेको हो ।

1695
Shares

ट्रेन्डिङ