सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • बीमा व्यवस्थापन सूचना प्रणाली चैतदेखि लागू हुने

बीमा व्यवस्थापन सूचना प्रणाली चैतदेखि लागू हुने

1575
Shares
बीमा व्यवस्थापन सूचना प्रणाली चैतदेखि लागू हुने

काठमाडौँ | स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) लागू गर्ने भएको छ । आगामी चैत्र १ गतेदेखि बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) लागू हुने भएको हो ।

सो प्रणालीका लागि भौतिक, जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरूको व्यवस्थापनका लागि तयारी गर्न बोर्डले आग्रह गरेको छ । सोमबार प्रकाशित सूचनामा भनिएको छ , ‘स्वास्थ्य बीमामा आबद्ध नागरिकहरूले सेवा लिए बापतको शोधभर्ना भुक्तानीका लागि सो प्रणालीमा लागू हुने गरी वास्तविक समयमा दाबी गरिसक्नु पर्ने व्यवस्था गर्न लागेको हुनाले सोही बमोजिम वास्तविक समयमा दाबी गर्न सक्ने गरी भौतिक, जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरूको व्यवस्थापन गरिसक्नु हुन अनुरोध छ ।’

1575
Shares

ट्रेन्डिङ