सबैको समाचार
मङ्लबार, माघ २९, २०८१
  • होमपेज
  • ४०० सय वर्ष पुरानो हनुमान मन्दिर पुन: निर्माणका लागी महापुराण सप्ताह शुरु

४०० सय वर्ष पुरानो हनुमान मन्दिर पुन: निर्माणका लागी महापुराण सप्ताह शुरु

3575
Shares
४०० सय वर्ष पुरानो हनुमान मन्दिर पुन: निर्माणका लागी महापुराण सप्ताह शुरु

काभ्रे | धुलिखेल नगरपालिका वडा नं ११, पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण सहयोगार्थ बिहिबारबाट श्रीमद् भागवत महापुराण सप्ताह शुरु भएको छ ।

विगत ४ सय वर्षदेखि पुजा आरधना हुँदै आएको हनुमान मन्दिर परिसरमा भौतिक पूर्वाधार (मन्दिर) पुनर्निर्माण गर्ने उद्धेश्यले सप्ताह शुरु गरेको हनुमान मन्दिर संरक्षण, निर्माण समितिले जनाएको छ ।

हनुमानस्थान प्राङ्गणमा हुने सप्ताहमा श्रीमद् वाल्मिकी रामायण कथावाचन, विभिन्न झाँकी प्रदर्शनी तथा संगीतमय श्रीमद् भागवत महापुराण हुने आयोजक समितिले जनाएको छ ।

फागुन १७ गतेसम्म सञ्चालन हुने महापुराणमा पंण्डित विनोद सापकोटा र पंण्डित मनिष शरण खनालले कथावाचन गर्नेछन् । सप्ताहको पूर्वसन्ध्यामा कलशयात्रा गरिएको थियो । हरेक दिन विहान ७ः३० बजेदेखि हवन तथा पाठ परायण हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले पात्लेखेतस्थित हनुमान मन्दिर धुलिखेलको पहिचान हुने गरि निर्माण गर्न अनुरोध गरे । उनले मन्दिर निर्माणको लागि जिल्ला समन्वय समितिको तर्फबाट सहयोगको प्रतिवद्धता गरे ।

धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगमले हनुमान मन्दिरको प्राचीनता जोगाउदै सो क्षेत्रमा पर्यटकिय पुर्वाधार समेत विकास गर्नुपर्ने बताए । प्रमुख कथावाचक पण्डित विनोद सापकोटाले सबैको साथले कार्य सफल हुने अपेक्षा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, नैनिशारन्य गुरुकुलका दिव्यमणि अधिकारी, धुलिखेल वडा नम्बर ११ का अध्यक्ष नारायण बडाल, पुर्व अध्यक्ष बिष्णु धिताल, साबिक पात्लेखेत गाबिसका अध्यक्ष केशवप्रसाद बडाल, आयोजक समितिका संयोजक बासुदेव उपाध्याय, लक्ष्मीप्रसाद धिताल लगायतले मन्दिर निर्माणको लागि सबैको सहयोग, साथ आवश्यक रहेको बताए ।

3575
Shares

ट्रेन्डिङ