सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सेयर बजारमा एक अर्ब भन्दा बढीको कारोबार

सेयर बजारमा एक अर्ब भन्दा बढीको कारोबार

4080
Shares
सेयर बजारमा एक अर्ब भन्दा बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १३१ कम्पनीको एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ६ दशमलव ९६ प्रतिशत बढी हो ।
गतसाता १४८ कम्पनीको कारोबार भएको थियो । गत साता एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार बराबरका एक करोड ३३ हजार सात सय ८० कित्ता सेयर खरिदबिक्री भएका थिए । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ४६२ दशमलव ५६ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ७३ अङ्कले घटेर ३१७ दशमलव ३२ अङकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु २० करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ भने सेयर सङ्ख्याको आधारमा नविल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेका छन् । फन्डको ३२ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको स्टकले जनाएको छ । रासस

4080
Shares

ट्रेन्डिङ