सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सबैको समाचारका सम्पादक पुजनलाई टेलि शृङ्खला ठुलेको सम्मान

सबैको समाचारका सम्पादक पुजनलाई टेलि शृङ्खला ठुलेको सम्मान

2575
Shares
सबैको समाचारका सम्पादक पुजनलाई टेलि शृङ्खला ठुलेको सम्मान

काभ्रे : सबैको समाचार डटकमका कार्यकारी सम्पादक पुजन धिताललाई वेब सिरिज ठुलेको सम्मान प्रदान गरिएको छ । टेलि शृङ्खला ठुलेको १०० औं भाग पुगेको अवसरमा आयोजित कार्यक्रममा धिताललाई सम्मान गरिएको हो ।

धिताल कान्तिपुर टि.भिका काभ्रे संवाददाता समेत हुन् । धिताल करिब एक दशक देखि पत्रकारीता क्षेत्रमा सक्रिय छन् । धिताल संगै पत्रकार महासंघ काभ्रेका सल्लाहकार समेत रहेका नवराज बजगाईलाइ पनि टेलि शृङ्खला ठुलको सम्मान प्रदान गरिएको छ ।

बिक्रम लामाको निर्माण र विष्णु रिजालको निर्देशनमा बनेको सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाच घर जमल, काठमाडौंमा बुधबार एक विशेष कार्यक्रम आयोजना गरी कलाकार र सहयोगी तथा सामाजिक कार्यका बापत पत्रकारलाई समेत सम्मान गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य (काभ्रे क्षेत्र नं .१ ) एवं पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज), चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वेब सिरिज ठुलेका निर्माता बिक्रम लामा, लेखक निर्देशक विष्णु रिजाल लगायतले कलाकार तथा सहयोगी हरुलाई सम्मानपत्र प्रदान गरीएको थियो ।

कार्यक्रममा कलाकारहरु हिउवाला गौतम, देशभक्त खनाल, सविन बाँस्तोला, विष्णु रिजाल, बिक्रम लामा, अर्पणा कार्की, आयुष्मा ढकाल, पवन खत्री, बबिता मगर, दिप श्रेष्ठ, सुरेन्द्र खड्कालगायतका साथै सञ्चारकर्मी नवराज बजगाई र पुजन धिताललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निर्देशक विष्णु रिजालले बिक्रम लामाको निर्माणमा नयाँ चलचित्र ताम्सालिङ निर्माणको घोषणा गरेका थिए । त्यस्तै ठुले टिमका अग्रज कलाकार देशभक्त खनाललाई रु ३ लाखको सम्मान गर्ने घोषणा समेत गरेका थिए ।

कार्यक्रमका सभापति रहेका निर्माता बिक्रम लामाले सबैलाई उपस्थिती र आजसम्मको यात्राको साथका लागी धन्यबाद ब्यक्त गरेका थिए ।

2575
Shares

ट्रेन्डिङ