सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

860
Shares
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

काभ्रे । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि काभ्रेको साँगामा आकस्मिक अवतरण गर्नु परेको छ।

हेलि एभरेष्टको ९एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए।

‘एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको छ,’ उनले भने। विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन्।

860
Shares

ट्रेन्डिङ