सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • सगुन विद्या मन्दिरका शिक्षक र विद्यार्थीहरुले गरे मन्दिर सरसफाई

सगुन विद्या मन्दिरका शिक्षक र विद्यार्थीहरुले गरे मन्दिर सरसफाई

4600
Shares
सगुन विद्या मन्दिरका शिक्षक र विद्यार्थीहरुले गरे मन्दिर सरसफाई

काभ्रे :- काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेसीमा रहेको सगुन विद्या मन्दिरका विद्यार्थीहरुले नौबिसेमा अवस्थित “श्री जगवैजेश्वर महादेव त्रीवेणीधाम” मन्दिर सरसफाई गरेका छन ।

विद्यालयले मन्दिर संरक्षण तथा व्यवस्थापन समिती सँगको सहकार्यमा यहि आउदो फागुन २५ गतेको “महाशिवरात्री” लाई मध्यनजर गर्दै सरसफाई गरेको हो।

विद्यालयका संस्थापक कुमार थापा, पृन्सिपल सुरेन्द्र सिंह धामी, हरेराम तिमल्सिना, सुजन हुमागाइ, सुदिन रसाइली, प्रबिना मैनाली, अमृता अधिकारी लगाएतका शिक्षक शिक्षिकाहरु साथै कक्षा ५ देखि ८ सम्मका सम्पुर्ण विद्यार्थीहरुको सकृयतामा सरसफाई समपन्न गरिएको हो ।

विद्यार्थीहरुलाइ सैद्धान्तिक ज्ञान मात्र नभै धार्मिक तथा सामाजिक कार्यमा पनि अग्रसर गराउनुपर्छ भने उदेश्यले पनि विद्यालयले यो सरसफाई कार्यक्रम आयोजना गरेको विधालयले जनाएको छ ।

4600
Shares

ट्रेन्डिङ