सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • बालकुमारी घटनामा पक्राउ परेका सबै छुटे

बालकुमारी घटनामा पक्राउ परेका सबै छुटे

1585
Shares
बालकुमारी घटनामा पक्राउ परेका सबै छुटे

 काठमाडौं । बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेका सबैलाई प्रहरीले छोडेको छ ।

पक्राउ परेका सबै शनिबार नै छुटिसकेको केन्द्रीय प्रहरी  प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।स्रोतका अनुसार मुद्दा नचलाउने निर्णय भएपछि उनीहरूलाई प्रहरीले छोडेको हो ।

दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)का सबै क्षेत्रमा परीक्षा दिन पाउनुपर्ने भन्दै भएको प्रदर्शनमा ७० बढी पक्राउ परेका थिए ।प्रदर्शनका क्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाउनुका साथै तोडफोड गरेका थिए ।

सोही प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्युसमेत भएको छ ।उनीहरूको मृत्यु भएपछि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । आफन्तले शव उठाउन मानेका छैनन् ।

1585
Shares

ट्रेन्डिङ