सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

काभ्रेको कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

2405
Shares
काभ्रेको कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु


काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा न ५ कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवनगरेकी श्रीमतीले निगालोको लठ्ठीले टाउकोमा प्रहार गर्दा मृत्यु भएको हो ।

आज विहान जिल्लाको नमोबुद्ध नगरपालिका वडा न ५ कानपुर बस्ने बर्ष ५९ को धनबिर दमाईलाई निजको श्रीमति बर्ष ४० की कमला परियारले मादक पदार्थ सेवन गरेर झगडा गर्दा निगालोको लठ्ठिले टाउकोमा हानि मृत अवस्थामा छन भन्ने खबरका आधारमा कानपुर प्रहरीको टोलिले सो घटनामा श्रीमानको मृत भएको जानकारी गराएको हो।

प्रहरीका अनुसार अहिले घटनास्थललाई सुरक्षित राखेर निज कमला परियारलाई नियन्त्रणमा लिई प्रहरी चौकी कानपुरमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

2405
Shares

ट्रेन्डिङ