सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • दुई किलो चाँदीसहित एक जना पक्राउ

दुई किलो चाँदीसहित एक जना पक्राउ

1350
Shares
दुई किलो चाँदीसहित एक जना पक्राउ

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेबाट एक जनालाई दुई किलो चाँदीसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको चेकिङ टोलीले सप्तरीबाट गाईघाटतर्फ आउँदै गरेको जिल्ला सप्तरी शम्भुनाथ नपा ९ बस्ने वर्ष २२ को सन्तोष विकलाई शंकास्पद अवस्थामा फेला पारी निजले कम्मरमा भिरेको झोला चेकजाँच गर्दा झोलाभित्र लुकाई ल्याएको चाँदी जस्तो देखिने बिना बिलको सेतो धातु २ किलो २९८ ग्राम ५६० मिलिग्राम फेला पारी बरामद गरी फागुन २९ गते आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरी, सुनसरी पठाइएको छ।

1350
Shares

ट्रेन्डिङ