सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

1490
Shares
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्ड र ओली बीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको हो । शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो।  

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले समसामयिक विषयमा कुराकानी भएको बताए ।

1490
Shares

ट्रेन्डिङ