सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • तेस्रो किड्स काभ्रे २०८० बैशाखमा

तेस्रो किड्स काभ्रे २०८० बैशाखमा

1320
Shares
तेस्रो किड्स काभ्रे २०८० बैशाखमा

काभ्रे | तेस्रो किड्स काभ्रे २०८० आयोजना हुने भएको छ। ७ वर्ष देखि १४ वर्ष उमेर समुहका बालबालिकाहरुको सहभागिता रहने प्रतियोगितामा बालबालिकाहरुले प्रतिभा प्रस्तुत गर्ने छन्।

करिब एक महिना बालबालिकाहरुलाई विभिन्न सेक्टरमा तालिम दिएर मात्रै फाइनल प्रतिस्पर्धा सहभागी गराइने छ।

एक महिनाको अवधिमा बालबालिकाहरुलाई हिड्ने ,बोल्ने ,परिचय दिने ,नृत्य,गायन ,चित्रकला ,सेल्फ डिफेन्स लगाएतका तालिम दिइएने तालिम संयोजक निशा श्रेष्ठले जानकारी गराइन।

प्रतियोगितामा ७ देखि १० र ११ देखि १४ वर्ष उमेर समुहका बालबालिकाहरु बीच दुइ चरणको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक जानुका खनालले बताइन।

प्रतियोगिता सिल्भर साइन इन्टरटेनमेनटले आयोजना गर्ने छ। गत वर्ष २१ बालबालिका सहभागी प्रतियोगितामा यो पटक २४ बढी बालबालिकाको सहभागिता रहने आयोजक सोनी श्रेष्ठले जानकारी गराइन।

1320
Shares

ट्रेन्डिङ