सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जिल्ला सहकारी संघ काभ्रेमा ओली, माधव–प्रचण्ड र काँग्रेस बराबर

जिल्ला सहकारी संघ काभ्रेमा ओली, माधव–प्रचण्ड र काँग्रेस बराबर

4715
Shares
जिल्ला सहकारी संघ काभ्रेमा ओली, माधव–प्रचण्ड र काँग्रेस बराबर

काभ्रे : नेकपा अनौपचारिक रुपमा विभाजन पछि भएको जिल्ला सहकारी संघ काभ्रेको अधिवेशनबाट ओली समूह, माधव प्रचण्ड समूह र काँग्रेसले बराबरी पद बाँडफाड गरेका छन् । १८ जना सदस्य रहेको निर्वाचित पदाधिकारीमा ६/६ जनाको भागबण्डा गरेको पाइएको छ ।

दुई दिन अघि (सोमबार) सकिएको ३९ औँ साधरण सभाबाट जिल्ला सहकारी संघको अध्यक्षमा दिलिप शर्मा अध्यक्षमा चयन भएका छन् । शर्मा ओली समूहका मानिन्छन् । त्यस्तै कोषाध्यक्षमा चयन भएका राजन शाक्य पनि ओली समूहका हुन् । एक उपाध्यक्ष र लेखा सुरपरिवेक्षण समितिको संयोजक नेपाली काँग्रेसले पाएको छ । उपाध्यक्षमा अमन पोटे र लेखा संयोजकमा शम्भुलाल श्रेष्ठ चयन भएका छन् ।

महिला उपाध्यक्ष र सचिव माधव प्रचण्ड समूहलाई दिइएको छ । उपाध्यक्षमा कमला अधिकारी र सचिवमा निरञ्जन विष्ट चयन भएका छन् । लेखा समितिको सदस्यमा चयन भएकी सरस्वती चिमौरिया माधव प्रचण्ड समूह र अर्का सदस्य गणेशप्रसाद भट्टराई ओली समूहका हुन् ।

समितिका सदस्यहरु अर्जुन सापकोटा, शान्ति लामा तामाङ, मञ्जु घिमिरे र सुर्दशन अधिकारी नेपाली काँग्रेस पक्षका हुन् । ठाकुरनाथ अधिकारी, राधिका दाहाल घिमिरे र हिमाली श्रेष्ठ ओली समूहका हुन् । त्यसैगरी यदुनाथ हुमागाईं, दिपक थापा र कमल प्रसाद कुइंकेल माधव प्रचण्ड समूह का हुन् ।

जिल्ला सहकारी संघमा ५ सय ३८ वटा सहकारी आबद्ध छन् । जिल्लामा १ हजार ४ सय ९५ वटा सहकारी रहेका छन् । जिल्ला सहरकारी संघ जिल्लाभरका सहकारीहरुको नेतृत्व गर्ने संघको रुपमा परिचित छ ।

4715
Shares

ट्रेन्डिङ