सबैको समाचार
बुधबार, भदौ १०, २०८३
  • होमपेज
  • दुर्गा प्रसाईंका बडिगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंका बडिगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

1745
Shares
दुर्गा प्रसाईंका बडिगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं | मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।

जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको छ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

1745
Shares

ट्रेन्डिङ