सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • जुवा खेलिरहेका अवस्थामा काभ्रेका एक सहित पन्ध्र जना पक्राउ

जुवा खेलिरहेका अवस्थामा काभ्रेका एक सहित पन्ध्र जना पक्राउ

26435
Shares
जुवा खेलिरहेका अवस्थामा काभ्रेका एक सहित पन्ध्र जना पक्राउ

काठमाडौं, साउन २३ गते : काठमाडौंको गोकर्णेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा पन्ध्र जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-६ बासुकी चोक बस्ने कनक बहादुर तामाङको जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं, गोकर्णेश्वर नगरपालिका (५ नयाँबस्ती बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका २८ वर्षीय प्रेम तामाङसहित आठ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाअनुसार महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई ४२ हजार रुपियाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका(६ जोरपाटीस्थित पूर्ण सुनुवारको शेर्पा रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सुनुवारसहित ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

रेष्टुरेण्टमा जुवातास खेलिरहेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटेको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ५५० रुपियाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

26435
Shares

ट्रेन्डिङ