काठमाडौं । वर्ल्डलिङ्क, भायानेट लगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीको सेवा प्रभावित भएको छ ।
शुक्रवार बिहान करिब ११ बजेदेखि प्रमुख सेवाप्रदायकको इन्टरनेटमा समस्या देखिएको हो । यस विषयमा ग्राहकलाई जानकारी पठाउँदै भायानेटले अपस्ट्रिम प्रदायकबाट समस्या आएको जनाएको छ । त्यस्तै वर्ल्डलिङ्कले पनि अपस्ट्रिम नेटवर्कमा समस्या देखिएको भन्दै सूचना निकालेको छ ।
एक नेटवर्क सेवाप्रदायकका प्रतिनिधिले सुनौलीमा भारतीय अपस्ट्रिम सेवाप्रदायक भारती एयरटेलको अप्टिकल फाइबरमा चुहावट हुँदा सेवा प्रभावित भएको जानकारी दिएका छन् ।