सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

1430
Shares
हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

सिरहा। सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेकको प्रहरीले जनाएको छ ।

 उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

1430
Shares

ट्रेन्डिङ