सबैको समाचार
शुक्रबार, असार २०, २०८२
  • होमपेज
  • काँग्रेस मुख्यालयमा रिले अनसको १२ औं दिन

काँग्रेस मुख्यालयमा रिले अनसको १२ औं दिन

4755
Shares
काँग्रेस मुख्यालयमा रिले अनसको १२ औं दिन

गत वर्ष स्थगित भएको सोलुखुम्बु जिल्ला अधिवेशन शीघ्र गर्न माग राख्दै सुरु गरेको रिले अनशन १२ औ दिनसम्म पनि जारी छ । नेपाली कांग्रेसको जिल्ला कार्य समिति सोलुखुम्बुको   नेतृत्वमा सुरु भएको रिले अनशनले १२ औं दिनसम्मा पनि पार्टीले माग सम्बोधन गरेको छैन ।
लोकतान्त्रिक पार्टी भित्र अलोकतान्त्रिक चरीत्र हावी हुदै आएको,व्यक्तिवादी प्रवृत्ति र श्वेच्छाचारिताको अन्त्य, स्थानीय स्तरमा काम गर्ने नेता तथा कार्यकर्ताहरुको भावनाको सम्मान, अन्तरपार्टी पूर्ण लोकतान्त्रिक  अभ्यासको प्रत्याभूति गराउन, पार्टी सम्बन्ध नेता तथा कार्यकर्ताहरुको वैधानिक अधिकार सुनिश्चित गराई पार्टीलाई विधानसम्मनत तथा संस्थागत निर्णय प्रकृयाबाट अगाडि बढाउन, पार्टीको गरिमा र मूल्यामान्यता जोगाउन, पार्टीको लोकतान्त्रिक छविलाई आम जनता समक्ष स्थापित गर्नको निम्ति नेपाली काँग्रेस सोलुखुम्बुले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेको ने बि संघ नेता दिनराज बास्तोलाले  जानकारी दिए ।
हाम्रो माग केबल पदको लागि हैन काङ्ग्रेस को बिधान सम्बत अधिबेशन होस र छेतृय प्रतिनिधिहरुले उम्मेदवार हुन पाउने र मतदान गर्न पाउने अधिकार सुनिश्चितताका लागि भएको बास्तोलाले बताए ।
गत ३ गतेबाट सुरु भएको रिलेअनशन सोलुखुम्बुका पूर्व सभापतिहरु पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, छ्त्रधवज बस्नेत, निवर्तमान सभापति आङ्गेलु शेर्पा, पूर्व सभासद गोकर्ण राई का बा सभापति कृष्ण निरौला,महाधिवेशन प्रतिनिधि राम बहादुर बस्नेत,पार्टी सचिब चन्द्र आचार्य ,युबा नेता वीर बहादुर गुरुङ ,गनेश बस्नेत ,राजन बस्नेत लगायत पार्टीका नेता, भातृ संस्थाका प्रमुखहरु, केन्द्रीय सदस्यहरु लगायतको समर्थन तथा सहभागिता रहेको छ ।
पार्टीले आफूहरुको माग सम्बोधन गर्नेमा पूर्ण आशावादी रहेको र मागको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको तर्क छ । यदि माग सम्बोधन नभए कडा आन्दोलनमा जाने नेताहरुको भनाइ छ ।

4755
Shares

ट्रेन्डिङ