सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • मकर मेला वर्षाले प्रभावित, स्नान स्थल बाढीले बगायो

मकर मेला वर्षाले प्रभावित, स्नान स्थल बाढीले बगायो

10835
Shares
मकर मेला वर्षाले प्रभावित, स्नान स्थल बाढीले बगायो

 

काभ्रेको पनौतीमा जारी १२ वर्षे मकर मेला वर्षाले प्रभावित भएको छ ।

शुक्रबार दिनभर परेको पानीका कारण मकर स्नान स्थल बगाउँदा मेला प्रभावित भएको हो ।

वर्षाका कारण स्नानका लागी बनाइएको स्थल क्षतविक्षत भएको थियो । स्नान स्थलमा बाढी पस्दा त्यहाँका संरचनामा क्षति पु¥याएको थियो । तर शुक्रबार बेलुका नै स्नान स्थललाइ पुनममर्तसम्बार गरेर फोहोर पानीलाइ सफा गरेर स्नान गर्न सकिने बनाइएको छ ।

शनिबारका लागि भने उक्त स्थल तयार गरिएको पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानैले जानकारी दिए ।

१२ वर्षे मकर मेला को रो ना भा इ रसको संक्रमणका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर माघ १ गते देखि शुरु भएर २९ गते सकिदै छ ।

नेपालमा एक मात्र स्थान उत्तर प्रयागका रूपमा चिनिने पनौतीमा लाग्ने मकर मेलाको धार्मिक विशेषताका कारण देश तथा विदेशबाट समेत भक्तजनहरू मेला भर्न आउने गरेका थिए ।

 

10835
Shares

ट्रेन्डिङ