सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • उपत्यकाबाट राम्रो संग सास फेर्न र फ्रेस हुन् धुलिखेल आउनुपर्छ :- प्रमुख सचेतक लेखक

उपत्यकाबाट राम्रो संग सास फेर्न र फ्रेस हुन् धुलिखेल आउनुपर्छ :- प्रमुख सचेतक लेखक

2065
Shares
उपत्यकाबाट राम्रो संग सास फेर्न र फ्रेस हुन् धुलिखेल आउनुपर्छ :- प्रमुख सचेतक लेखक

काभ्रे :- जिल्लाको धुलिखेल पालिका वडा न ११ पात्लेखेतमा अवस्थित हनुमान मन्दिरको शिलान्यास गर्दै नेपालि कांग्रेसका सांसद एवं प्रमुख सचेतक रमेश लेखकले उपत्यकाअवस्था त् कस्तो भैसक्यो भन्दा राम्रो संग सास फेर्न समेत धुलिखेल आनुपर्ने बताएका छन्।

उपत्यकामा यति जधनत्व बडीसकेको छ। अलिकता हरियाली र प्राकृतिक चिज हेर्नका लागी र आराम र अध्यन्नका लागी समेत काभ्रे र धुलिखेल अत्यन्तै उपयुक्त रहेको उनको दाबी थियो। उनले सम्बोधनकै पौराणिक हिसाबमा समेत अत्यन्तै महत्वपुर्ण रहेको बताए। संगै सम्बोधनकै क्रममा मन्दिर निर्माणका लागी आफुले सकेको सहयोग गर्ने बाचा समेत ब्यक्त गरेका थिए।

धुलिखेल ११ मा रहेको हनुमान मन्दिर बनाउन यस अघि बृहत सप्ताहा गरेर संङ्गकलित रकमबाट निर्माण प्रारम्भ गर्दै शिलान्यस गरिएको हो। आज शिलान्यास गरिएको मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख सचेतक रमेश लेखक , काग्रेस केन्द्रिय सदस्य शिब प्र हुमागाई , बागमती प्रदेश सरकारका पुर्व मन्त्रि तिर्थ लामा , नेपालि कांग्रेसका नेताहरु , जिल्ला समन्वय समिति प्रमुख दिपक कु गौतम , स्थानीय जनप्रतिनिधि र स्थानीय जनताको उपस्थितिमा शिलान्यास सम्पन्न भएको हो।

हनुमान मन्दिर निर्माण समितिले निर्माण प्रारम्भ गरेको मन्दिरको कुल डीपिआर भने २ करोड माथिको बनेको छ। निर्माण सस्थासंङ्ग हाल पर्याप्त रकम नभएकाले निर्माण कार्य सुरुवात गरे पछि यसै वर्षबाट बजेटका लागी प्रदेश र केन्दिय सरकारसंग माग गरिने छ।

2065
Shares

ट्रेन्डिङ