सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बैंक म्यानेरलाई महिलामाथि दुव्र्यवार गरेको आरोप

बैंक म्यानेरलाई महिलामाथि दुव्र्यवार गरेको आरोप

4000
Shares
बैंक म्यानेरलाई महिलामाथि दुव्र्यवार गरेको आरोप

माघ १५, सिराह । एक बैंक म्यानेरलाई महिलामाथि दुव्र्यवार गरेको आरोप लागेको छ । सुखिपुर नपा–४ की उर्मिला देवी मण्डल (नाम परिवर्तन)लाई राष्ट्रिय बाणिज्य वैंक सुखिपुरका प्रबन्धक विश्व यादवले बोक्सिको आरोपमा कुटपीट गरेको आरोप छ ।
कुटपीटमात्र होइन पीडित महिलाले आफुलाई कालोमोसो दलेको तथा कपाल काटेर गाउँ निकाला गरिएको आरोप पनि लगाएकी छिन् । तर, तस्वीरमा महिलाको कपाल काटेको चाहिँ दखिएको छैन ।
महिलाका पति वैदेशिक रोजगारीको शिलशिलामा साउद अरेवियामा छन् । महिला २५ बर्षकी छिन् र धेरै लेखपढ गरेकी होइनिन् ।
पीडित महिलाले दावी के गरेकी छिन भने उनका सासु–ससुराले बर्षौदेखि बैंक म्यानेजरको घरमा काम गर्दै आएका थिए । विवाह भएपछि आफुले पनि सासु–ससुरासँगै बैंक म्यानेजरकहाँ गएर काम गर्न थालेको उनले बताइन् । तर, बैंक म्यानजेरले आफुले १० बर्षदेखि खेतिपातीको काम छाडेको र घरमा आफु र श्रीमति मात्र रहेको बताए ।
पीडित महिलाले पहिला बैंक म्यानेजरकी श्रीमतिले आफुलाई बोक्सी भनेको र त्यसपछि बैंक म्यानेजरकी श्रीमतिसँग झगडा परेको दावी गरेकी छिन् । त्यसपछि म्यानजेरले दुव्र्यवार गरेको महिलाको आरोप छ । उर्मिलाले शुक्रवार साँझ केही पत्रकार माझ आफ्ना गुनासो राखेकी थिइन् । उता महिलामाथि चाहिँ परपुरुषसँग सम्बन्धको आरोप पनि लागेको छ ।
मुक्ति नेपाल कार्यक्रम सुपरभाइजर तथा महिला अधिकार कर्मी रेणु कर्णले यो विषयमा चासो राखेकी छिन् । उनले महिलाको मात्र कुरा सुनिएको भएपनि प्रहरी र आरोपित व्यक्तिसँग कुरा हुन वाँकी रहेको बताइन् । ‘सवैपक्षका कुरा नसुनी केही भन्न सकिन्न ।’ उने भनिन् ।
सिरहाका एसपी शेखर कोइरालाले सत्य घटनालाई महिलाले गुमराहामा परेकोले सत्य तथ्य पत्तालगाई दोषीलाई कार्वाही गर्ने वताए ।
पीडित भनिएकी महिला र राजकुमार नाम गरेका एक यूवावीच गलत सम्बन्ध रहेको आरोप लागेको छ । त्यहीँ विषय लुकाउन अहिले दुब्र्यवहारको कुरा कुरा उठाइएको पनि बताइएको छ ।
आरोपित म्यानेजर भन्छन्
राजकुमार भन्ने व्यक्ति ती महिलाको माघ ५ गते घरमा पसेका रहेछन् । ससुराहरुले गलत काम गरेको भनेर गाली गरेका रहेछन् । ससुराले कुटपिट गरेछन । पछि मेडिकल जाँच पनि गराइएको रहेछ महिलाको ।
मेरो विरोधीको घरमा गएर महिलालाई राखेका छन् । मैले १० बर्षदेखि खेति छाडेको छु । मलाई फसाउन खोजिएको छ । बैंक शाखामा राजेन्द्र प्रसाद चौधरी रिटायर्ड हुँदैछन् । त्यसको ठाँउमा म्यानेजर म हुँदैछु । मेरो विरोधीले मलाइ फसाउन यसो गरेका छन् ।
म कहिल्यै प्रहरीकहाँ गएको थिएन । एसपी कार्यलयबाट फोन आएपछि गएँ । सोधपुछ भयो । मैले जवाफ दिए । मलाई दोषी देखिएन । म घर आए । दलालहरुले महिलालाई बोकेर हिडेका छन् । सुनेको छु, पैसाको खेल पनि भएको छ रे ।
VIA- Ratopati

4000
Shares

ट्रेन्डिङ