सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

600
Shares
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

धनगढी ।  डोटीमा जिप दुर्घटना हुँदा एक बालिकासहित २ जनाको मृत्यु भएको छ ।

दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप  बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा  दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्था धनगढी पुर्‍याइएकी दार्चुलाको लेकम गाउँपालिका-६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका- ६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका- ६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी- ३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका -४ बस्ने ७४ वर्षीया मानमति धामी घाइते छन् ।

जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

600
Shares

ट्रेन्डिङ