सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पहिरोले गुल्मीमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

पहिरोले गुल्मीमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

505
Shares
पहिरोले गुल्मीमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

तम्घास :- गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चार जनाको ज्यान गएको हो ।

स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो ।

घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।

505
Shares

ट्रेन्डिङ