गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् ।
उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको हो ।
क्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्विकारिसकेको कार्यालयको भनाइ छ ।
उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।