सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

4385
Shares
एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आगं्रह गरिएको छ ।
शुक्रबार अपरान्ह्वासम्म उक्त क्षेत्रमा १३३ शङ्कास्पद बिरामी भेटिएका बताइएको छ । प्रान्तिय गभर्नर फर्नान्डो पिभेन्टले राज्यका तीन क्षेत्रमा अवस्थित १५२ शहरमा स्वास्थ्य क्षेत्रमा सङ्कटकालको घोषणा गरिएको बताउनुभयो ।
अहिलेसम्म गाउँबाट प्राप्त नमूनामा मात्र एलो फिभरको प्रभाव देखिएको बताइएको छ । रासस÷सिन्ह्वा

4385
Shares

ट्रेन्डिङ