सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • १५ दिने मेकअप तालिम सम्पन्न

१५ दिने मेकअप तालिम सम्पन्न

बनेपा नगरपालिका वडा नं ९ का महिलाहरुलाई मेकअप तालिम

3750
Shares
१५ दिने मेकअप तालिम सम्पन्न

काभ्रे :- बनेपा नगरपालिका वडा नं ९ को अर्थिक सहयोग तथा रन्जल ब्याटि एण्ड मेकअप स्टुडियो एण्ड ट्रनिङ सेन्टरको समन्वयमा स्वरोजगार महिलाहरुको सीप तथा दक्षता अभिवृद्धिका लागि १५ दिने मेकअप तालिम सम्पन्न भएको छ।

तालिममा २५ जना महिलाहरु सहभागी भएका थिए। तालिम समापनको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

समापन समारोहमा प्रमुख अतिथि रहेका बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सिकेका कुरालाई आत्मसाथ गर्दै काम गर्न तालिम लिएकाहरुलाई सुझाव दिएका थिए। साथै आगामी उज्ज्वल भबिष्यको कामना समेत गरेका थिए प्रमुख शाक्यले।

कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङले तालिम लिएका महिलाहरुलाई शुभकामना दिएकी थिइन। कार्यक्रममा , सदस्य गणेश सापकोटा, शोभा मिजार, रमेश शाही,वडा सचीव उमेश सिल्पकार लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

3750
Shares

ट्रेन्डिङ