सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • काभ्रे प्रशासनले ल्यायो टोल फ्री नम्बर संचालनमा , १० घण्टा सेवा दिने

काभ्रे प्रशासनले ल्यायो टोल फ्री नम्बर संचालनमा , १० घण्टा सेवा दिने

2510
Shares
काभ्रे प्रशासनले ल्यायो टोल फ्री नम्बर संचालनमा , १० घण्टा सेवा दिने

काभ्रे :- जिल्ला प्रशासन कार्यालय काभ्रेले आजबाट टोल फ्री नम्बर संचालनमा ल्याएको छ। आज प्रमुख जिसस प्रमुख दिपक कु गौतम र जिल्ला अधिकारी रुद्रा देवी शर्माले टोल फ्री नम्बरको शुभारम्भ गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयले प्रवाहा गर्ने सेवालाई थप प्रभाबकारी बनाउनका लागी सो सेवा सुरु गरेको हो। टोल फ्री सेवाबाट नागरिकलाई थप सहायता हुनेमा शर्माले विस्वास ब्यक्त गरिन। संगै प्रजिअ शर्माले टोल फ्री सेवाको अधिकतम प्रयोग गरिदिनु हुन् समेत आम जिल्ला भरका नागरिकमा अपिल समेत गरेकी छन्।

प्रशाशन कार्यालयको टोल फ्री नम्बर १८१०५०००३७७ रहेको छ। प्रशासन कार्यालयले सेवालाई थप् प्रभाबकारी बनाउन र सुनासो सम्बोधन समयमै गर्नका लागी र कार्यालयका सेवा प्रवाहा बारे सल्लाहा सुझाब ब्यक्त समेत यही टोल फ्री नम्बरको प्रयोग गरेर गर्न सकिने छ। सो सेवा अहिले विहान ८ बजे देखि साझा ६ बजे सम्म संचालन हुने छ। १० घण्टा टोल फ्री सेवा संचालनमा रहने छ। सेवाग्राहीले दिएको सलाहा सुझाबलाई समेत प्रशासनले अभिलेख गरी क्रमश समाधान गर्दै जाने समेत जनाएको छ।

सेवाको सुचारु जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कु गौतम र प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा , साहायक प्रजिअ लगाएत नागरिक समूह र संचारकर्मिको उपस्थितिमा गरिएको हो।

2510
Shares

ट्रेन्डिङ