सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार, काभ्रेका ढुंगाना पक्राउ

क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार, काभ्रेका ढुंगाना पक्राउ

815
Shares
क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार, काभ्रेका ढुंगाना पक्राउ

काठमाडौं :- विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्नै एक जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ का २४ वर्षीय अनिल ढुंगाना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको उनले बताए । ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम उनले कारोबार गरेको खुलेको भट्टराईले जनाकारी दिए ।

१५ वटा वालेटहरु प्रयोग गरी ५ करोड भन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको भट्टराईले जानकारी दिए ।

815
Shares

ट्रेन्डिङ