सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बनेपामा आगामी जेठ १० देखि ३ दिने रैथाने खाना महोत्सब हुने

बनेपामा आगामी जेठ १० देखि ३ दिने रैथाने खाना महोत्सब हुने

885
Shares
बनेपामा आगामी जेठ १० देखि ३ दिने रैथाने खाना महोत्सब हुने

काभ्रे :- काभ्रे होटल तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेश तथा क्याटरीङ संघको संयुक्त आयोजनामा ३ दिने रैथाने खाना महोत्सबको आयोजना हुने भएको छ। बनेपाको गणेशस्थान देखि भिमसेनस्थान जाने गाल्लीमा महोत्सबको आयोजना हुने आयोजकले जनाएको छ।

संघले प्रत्येक वर्ष यहि समयमा लाग्ने चण्डेस्वरी जात्राको अवसर पारी महोत्सवको आयोजना गरेको हो। बनेपाको ऐतिहासिक तथा साँस्कृतिक सत्भाव र एकताको भावना जागृत गराउने ,जात्रामा आउने अतिथिलाई बनेपाली रैथाने नेवारी खाना परीचित गराउने , र रैथाने खाना परिकारहरुको प्रवर्धनमा टेवा पुर्याउने उदेश्य सहीत महोत्सबको आयोजना गर्न लागीएको कार्यक्रम संयोजक श्याम कुमार भालु मुनालले जानकारी दिए। उनका अनुसार महोत्सबमा २५ -४० वटा व्यापारीक तथा रैथाने खानाको स्टलहरु रहने छन्।

उनले भने बनेपालीहरुको आस्थाको धरोहर रहेको आराध्या देवी चण्डेस्वरी माईको जात्रा मिती २०८१ जेठ १० ११ र १२ गते सम्म लाग्ने भयको छ। आफ्नै मौलीक परम्परा सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा यस जात्रालाइ हरेक वर्ष हर्स उल्लासका साथ मनाउदै आईएको छ।

यस पर्वलाई अवलोकन गर्न बनेपा आसपासका तथा अन्य क्षेत्र बाट हजारौ दर्शनार्थी आउने गरेकाले अतिथि देव. भव भन्ने आदर्श लाइ चरिथार्थ गर्दै जात्रालाई भब्य र सभ्यताका साथ् सम्पन्न गर्ने उदेस्यलाई रैथाने खाना महोत्सवले महत्वपुर्ण भूमिका खेल्नेमा आयोजक संयुक्त सस्था विस्वस्थ रहेका छन्।

महोत्सब संचालनमा बनेपा नगरपालिकाको पनि सहकार्य रहने छ। नगरसंग ठाउ उपलब्धताका लागी सस्थाले माग गरेको छ। जात्राका लागी भने हरेक वर्ष नगरपालिकाले आर्थिक सहयोग समेत प्रदान गर्दै आएको छ। आज बनेपामा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै काभ्रे होटल तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेश तथा क्याटरीङ संघले रैथाने खाना महोत्सब २०८१ आयोजना गर्ने जानकारी गराएका हुन्।

885
Shares

ट्रेन्डिङ