सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने

690
Shares
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौँ ।  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ 

अहिले काठमाडौँ उपत्यकाको तापक्रम २०।२ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वअनुमान रहेको छ ।

690
Shares

ट्रेन्डिङ