सबैको समाचार
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • नेपालमा पहिलो पटक भेटियो फुस्रो सारौं

नेपालमा पहिलो पटक भेटियो फुस्रो सारौं

135
Shares
नेपालमा पहिलो पटक भेटियो फुस्रो सारौं

काठमाडौं । नेपालमा पहिलो पटक फुस्रो सारौं प्रजातिको चरा फेला परेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङ लोमान्थाङ स्थित ३ हजार ८ सय ४० मिटर उचाइमा नयाँ चरा फेला परेको संघले जनाएको छ । नेपालका चराविद् शंकर तिवारीले उक्त क्षेत्रमा विदेशी पाहुनासँगै चरा अवलोकन गर्दा २५ वैशाख बिहान ८ः४९ बजे नयाँ चरा देखेका थिए । त्यसपछि तिवारीले उक्त चराको तस्वीर खिचेर आफ्नो तर्फबाट प्रारम्भिक पहिचान गरे पनि यकिन हुन बाँकी थियो ।

संघका अनुसार ३१ वैशाखमा सो चराको यकिन पुष्ट्याइँका लागि नेपाल बर्ड कमिटी (एनबीआरसी) मा विवरण सहित चराको तस्वीर पठाइएको थियो । 

संघका अनुसार ३१ वैशाखमा सो चराको यकिन पुष्ट्याइँका लागि नेपाल बर्ड कमिटी (एनबीआरसी) मा विवरण सहित चराको तस्वीर पठाइएको थियो । त्यसपछि नेपालमा भएका चराहरूको सूची र पन्छीविदहरूको छलफलपछि नयाँ चरा भेटिएका शुक्रबार पुष्टि भएकोे तिवारीले बताए ।

135
Shares

ट्रेन्डिङ