सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • दुई लाख बढीले क्यान मेलाको अवलोकन

दुई लाख बढीले क्यान मेलाको अवलोकन

4670
Shares
दुई लाख बढीले क्यान मेलाको अवलोकन

भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति चासो बढेको आयोजक क्यान महासङ्घका महासचिव विश्वराम बलामीले बताउनुभयो । मेलाको आज पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलगायत विभिन्न विशिष्ठ व्यक्तिले अवलोकन गर्नुभएको थियो ।
त्यसैगरी सामसुङका स्मार्टफोनमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । यसपटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखिएको छ । सामसुङका अतिरिक्त हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका कक्षमा अवलोकनकर्ताको भीड देखिएको छ ।
त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोर जी अफरमा विशेष आकर्षण रहेको क्यान महासङ्घको विज्ञप्तिमा जनाइएको छ । प्रदर्शनमा विभिन्न हार्डवेयर र सफ्वेयर गरी १५८ कम्पनीका २२२ कक्ष रहेका छन् ।

4670
Shares

ट्रेन्डिङ