सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सिरोहिया पक्राउबारे प्रचण्डको प्रतिक्रिया : अदालती प्रक्रियामा बढ्ता होहल्ला गर्न जरुरी छैन

सिरोहिया पक्राउबारे प्रचण्डको प्रतिक्रिया : अदालती प्रक्रियामा बढ्ता होहल्ला गर्न जरुरी छैन

670
Shares
सिरोहिया पक्राउबारे प्रचण्डको प्रतिक्रिया : अदालती प्रक्रियामा बढ्ता होहल्ला गर्न जरुरी छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताएका हुन् ।

नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए । उनलाई मंगलबार नै धनुषा पुर्‍याइएको थियो । अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको छ ।

670
Shares

ट्रेन्डिङ