सबैको समाचार
आइतवार, असार २, २०८१
  • होमपेज
  • सिरोहियालाई पक्राउ गरेकोमा अचम्मित र दःखी छु : पूर्वप्रधानमन्त्री नेपाल

सिरोहियालाई पक्राउ गरेकोमा अचम्मित र दःखी छु : पूर्वप्रधानमन्त्री नेपाल

110
Shares
सिरोहियालाई पक्राउ गरेकोमा अचम्मित र दःखी छु : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कुरा सुनेर आफु अचम्मित र दुःखी भएको बताएका छन् ।

अध्यक्ष सिरोहियालाई पक्राउ गरेको गिरफ्तार गर्नु निन्दनीय भएको समेत उनले उल्लेख गरेका छन् ।

बुधबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसँत कुरा गर्दै नेपालले सो कुरा बताएका हुन् ।उनले कुनै कुरा बुझ्नका लागि व्यक्तिलाई पक्राउ नै गर्नुपर्छ भन्ने कानुनी व्यवस्था नभएको समेत बताए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

110
Shares

ट्रेन्डिङ