सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • जेठ १३ को प्रदर्शनको तयारीका लागि कांग्रेसले तोक्यो उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि

जेठ १३ को प्रदर्शनको तयारीका लागि कांग्रेसले तोक्यो उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि

1145
Shares
जेठ १३ को प्रदर्शनको तयारीका लागि कांग्रेसले तोक्यो उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि

 नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।

ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । भक्तपुरका २ क्षेत्रका लागि इन्द्र बानियाँ र गणेश लामा प्रतिनिधि बनेका छन् ।

काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा डिला संग्रौला र सरिता प्रसाईंलाई तोकिएको छ ।

पार्टीले तोकेका प्रतिनिधिले क्षेत्रगत बैठक गर्ने, प्रदर्शनको तयारी, कार्यकताई प्रशिक्षित गर्नेछन् ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

1145
Shares

ट्रेन्डिङ